नेप्सेसँगै घट्यो कारोबार रकम
१९ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक २१.१५ अंक घटेर २६६३.१८ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३४३ कम्पनीकाे ५२ हजार २७२ पटकको कारोबारमा ४ अर्ब ७ करोड ८ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
यस दिन एभरेष्ट कलरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन सर्वाधिक ११.६७ प्रतिशत घटेको छ। यस दिन खानीखोला हाइड्रोपावरकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ४० करोड ६६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
प्रकाशित मिति : August 4, 2026 at 3:19 pm



