४ जनाको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छः एमाले
१९ साउन, काठमााडौं । नेकपा (एमाले) ले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको कमजोरीका कारण नागरिकले ज्यान गुमाउनुपरेको बताएका हुन्।
सांसद बरालले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसपछि उत्पन्न परिस्थितिका कारण चार जना युवाको मृत्यु भएको उल्लेख गर्दै यसको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए।
‘यदि समयमै सामान्य हातहतियार प्रदर्शनलाई नियन्त्रण गरी शान्ति–सुरक्षा कायम गर्न सकेको भए आज यो दुर्भाग्यपूर्ण अवस्था आउने थिएन। त्यसैले यी चार जना मृतकको मृत्युको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ,’ बरालले भने।
साथै, उनले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा न्यायिक छानबिन समिति गठन गर्न माग गरेका छन् । उनले जलेका घरहरू सवारी साधन र दोकानको सरकारले क्षतिपूर्ति दिने भए पनि भावनात्मक चोटको उपचार हुन नसक्ने बताए।
प्रकाशित मिति : August 4, 2026 at 1:52 pm



