राष्ट्र बैंकको सञ्चालक समिति महिलासहित सात जना हुने
१९ साउन, काठमाडाैं । नेपाल राष्ट्र बैंक सञ्चालक समिति महिलासहित सात जनाकाे हुने भएकाे छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा मंगलबार भएकाे छलफलमा नेपाल राष्ट्र बैंकको सञ्चालक समिति एक जना महिलासहित सात सदस्यीय बनाउन सहमति जुटेकाे हाे ।
समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा नौ सदस्यीय सञ्चालक समिति प्रस्ताव गरिएकोमा पूर्ववत रूपमा नै सात सदस्यीय समिति बनाउन सहमति जुटेको हो ।
प्रकाशित मिति : August 4, 2026 at 1:32 pm



