१९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026

अप्पर स्याँङ्गे हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

१९ साउन, काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी २२ करोड रुपैयाँको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव नवौं वार्षिक साधारण सभाबाट स्वीकृत भएको थियो। सोही बमोजिम हकप्रद शेयर निष्काशन गर्ने प्रयोजनका लागि कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : August 4, 2026 at 12:24 pm