अर्थमन्त्री डा. वाग्लेले २० वाणिज्य बैंकका सिइयोसँग छलफल गर्दै
१९ साउन, काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) हरुसँग छलफल गर्ने तय भएको छ ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइओहरुलाई छलफलमा बोलाउएका हुन्।

दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैंकले क श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु सहभागी हुनेछन्।
प्रकाशित मिति : August 4, 2026 at 11:44 am



