सर्वसाधारणका लागि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा
१९ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले केही सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार २७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो।
सो सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् । बैंकले यसअघि संस्थापक सेयरधनीहरूलाई ३५ दिने सूचना प्रकाशित गरी सेय खरिद गर्न आह्वान गरिए थियो । तर सो अवधिमा संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थाले पनि सेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
इच्छुक खरिदकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्यासहित निवेदन पेश गर्नुपर्ने छ ।
प्रकाशित मिति : August 4, 2026 at 10:18 am



