सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई ट्रांक्यूलिटि स्पामा विशेष छुट
१८ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटि स्पा बीच छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन् ।
सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारीलाई व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत तथा यस बैंकमा खाता खोलेका ग्राहकका लागि व्यक्तिगत स्पामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
यस सम्बन्धि सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका बरिष्ठ नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशी र ट्रांक्यूलिटि प्रालिका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गरेका छन् । यो सम्झौता २०८३ साउनदेखि दुई बर्षका लागि लागू हुनेछ ।
यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका कर्मचारी तथा ग्राहक महानुभावलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।
प्रकाशित मिति : August 3, 2026 at 5:29 pm



