१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

१८ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ  । यस दिन नेप्से परिसूचक १.२० अकंले घटेर २६८४.३३ बिन्दुमा कायम भएको छ । सोमबार १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ । ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन ३४९ कम्पनीको ६३ हजार ६४८ पटकको कारोबारमा ४ अर्ब ५७ करोड २० लाख ८४ हजार रुपैयाँको सेयर खरिदबिक्री भएको छ। एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सको सेयरमूल्य यस दिन सर्वाधिक ७.४० प्रतिशत घटेको छ।  यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २७ करोड ६२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : August 3, 2026 at 3:16 pm