१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

सरकार स्वेच्छाचारी बन्याे, सडक आन्दोलनका लागि तयार रहनुस्ः महासचिव पोखरेल

१८ साउन, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार नियम-कानुन लत्याएर स्वेच्छाचारी शासन व्यवस्थातिर उन्मुख भएकाले मातहतका कमिटीहरूलाई जुनसुकै बेला सडक आन्दोलनमा जान तयार रहन निर्देशन दिएका छन्।

प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’का केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको वर्तमान राजनीतिक परिस्थिति संकटग्रस्त बनेको बताए।

शासकीय अनुभव नभएका मानिसहरू सरकारमा पुगेका कारण देश संकटको अवस्थाबाट गुज्रिरहेको र यसैको फाइदा उठाउँदै विभिन्न स्वार्थसमूहहरूले आफ्नो सक्रियता बढाएको उनको तर्क थियो। सरकार सुरुदेखि नै पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले अगाडि बढेको आरोप लगाउँदै उनले स्वेच्छाचारिताका विरुद्ध आन्दोलन आवश्यक पर्न सक्ने औंल्याए।

सोही अवसरमा महासचिव पोखरेलले ‘मिसन पार्टी जागरण’ पार्टी निर्माणको महत्वपूर्ण अभियान भएकाले यसलाई सबै पालिकामा व्यवस्थित रूपमा सुरु गर्न पनि निर्देशन दिनुभयो। जनतासँग टुटेको सम्बन्धलाई जोड्ने उद्देश्यले सुरु गरिएको यस अभियानमा पार्टी कमिटीका साथै जनसंगठनहरूलाई समेत पूर्ण रूपमा परिचालन गरिने उनले स्पष्ट पारे।

पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन विचार, संगठन र नेतृत्वको पुनर्गठन आवश्यक रहेको बताउँदै उनले भने, ूपार्टी सुदृढीकरणका लागि जनताको बहुदलीय जनवाद ९जवज० लाई समृद्ध बनाउँदै लैजानुपर्छ। साथै, स्थानीय कमिटीहरूलाई चलायमान बनाउन रिक्त स्थान पूर्ति र पुनर्गठनका काम तलैदेखि हुनुपर्छ।ू

युवा सहभागिताका विषयमा चर्चा गर्दै उनले विगतमा नीति बने पनि व्यवहारमा लागू हुन नसकेको स्वीकार गरे। जागरण अभियान केवल निर्देशन नै निर्देशनुमा मात्र सीमित नहोस् भन्नेतर्फ सचेत गराउँदै उनले संस्थागत निर्णयमार्फत पार्टीको सुधार र रूपान्तरण गरिने प्रतिबद्धता जनाए।

बैठकमा एमाले सचिव तथा संगठन विभाग प्रमुख भानुभक्त ढकालले पार्टी सदस्यता नवीकरणको प्रारम्भिक रिपोर्ट उत्साहप्रद रहेको जानकारी दिए। असार मसान्तसम्मको समयसीमा सकिए पनि सदस्यता नवीकरण प्रक्रियालाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो। बैठकमा विभिन्न प्रदेशका अध्यक्षहरूले ुमिसन पार्टी जागरणु र सदस्यता नवीकरणबारे आ(आफ्नो क्षेत्रको रिपोर्टिङ प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : August 3, 2026 at 2:33 pm