कांग्रेस केन्द्रीय समिति बैठक साउन २४ मा बस्ने
१७ साउन, काठमाडौं । नेपाली कांग्रेसले साउन २४ गते केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समिति बैठक २४ साउन आइतबार दिनको १ बजेका लागि आह्वान गरिएको हो ।
बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा पार्टीका सबै केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।
प्रकाशित मिति : August 2, 2026 at 3:19 pm



