१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

आत्मनिर्भर लघुवित्तको नाफा ३९ प्रतिशतले बढ्यो

१७ साउन, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ४ करोड ४७ लाख ११ हजार रहेको थियो ।

 कम्पनीले गत आवमा १५ करोड ३६ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा १३.१६ प्रतिशत बढी हो । अघिल्लो आवमा  कम्पनीले  १३ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आवमा संस्थाको चुक्तापूँजी ८ करोड ९५ लाख रुपैयाँ  र जगेडा कोषमा २३ करोड ४८ लाख रुपैयाँ संचित रहेको छ । यो अवधिमा कम्पनीको  खराब कर्जा अनुपात १२.८० प्रतिशतबाट घटेर १०.७८ प्रतिशत कायम भएको छ ।

प्रकाशित मिति : August 2, 2026 at 2:01 pm