आत्मनिर्भर लघुवित्तको नाफा ३९ प्रतिशतले बढ्यो
१७ साउन, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६ करोड २३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.५६ प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा ४ करोड ४७ लाख ११ हजार रहेको थियो ।
कम्पनीले गत आवमा १५ करोड ३६ लाख ५९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा १३.१६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १३ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत आवमा संस्थाको चुक्तापूँजी ८ करोड ९५ लाख रुपैयाँ र जगेडा कोषमा २३ करोड ४८ लाख रुपैयाँ संचित रहेको छ । यो अवधिमा कम्पनीको खराब कर्जा अनुपात १२.८० प्रतिशतबाट घटेर १०.७८ प्रतिशत कायम भएको छ ।
प्रकाशित मिति : August 2, 2026 at 2:01 pm



