जागिरकाे खाेजीमा हुनुहुन्छ ? नेष्डो समृद्ध लघुवित्तमा रोजगारीको अवसर
१७ साउन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक, सहायक प्रथम र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले सहायक श्रेणीको उक्त पदमा केही संख्यामा स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो । वरिष्ठ सहायक र सहायक प्रथम पदमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण भएको वा एसएलसी/सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्षको कार्यानुभव भएको हुनु पर्नेछ । योग्य तथा इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र इमेल मार्फत आवेदन दिनु पर्नेछ ।

प्रकाशित मिति : August 2, 2026 at 12:13 pm



