१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

४ दिनपछि नेप्सेमा सामान्य सुधार, ३ अर्ब ७५ करोडकाे काराेबार

१५ साउन, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा सुधार आएको छ । पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से, यस दिन भने सामान्य अंक बढेको हो। शुक्रबार नेप्से परिसूचक १२.९६ अंकले बढेर २६८५.५४ विन्दुमा पुगेको छ। शुक्रबार १८० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३३७ कम्पनीको ४६ हजार ७५२ पटकको कारोबारमा ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार रुपैयाँबराबरको ८८ लाख ५१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल ९तराई० को सेयरमूल्य यस दिन सबैभन्दा बढी ५।३३ प्रतिशत घटेको छ। यस दिन रिडी पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको १७ करोड २६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ। १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : July 31, 2026 at 3:20 pm