१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

११ साउन, काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार ६१ दिन अवधिका लागि उक्त निक्षेप संकलन गर्न लागिएको हो। बोलकबोल प्रक्रिया दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत मात्र सञ्चालन हुनेछ। निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी असोज १४ गते गरिने राष्ट्र बैंकले जनाएको छ।

dainiki.com

बोलकबोलबाट निर्धारण भएको ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ। निक्षेप संकलनको लागि घटिमा १० करोड बढिमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरि कुल आव्हान रकम गर्न पाउने ब्यवस्था गरिएको छ । निक्षेप संकलन उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।

निक्षेप संकलनको लागि गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजसरलाई पहिलो प्रथामिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने छ । समान ब्यजदर उल्लेख भएको बोल रकम समावेश गर्दा ‌कुल निष्काशित रकमभन्दा बढी भए‘ प्रो रेट बेसिस मा बाँडफाँड गरिनेछ ।

प्रकाशित मिति : July 31, 2026 at 11:26 am