लुम्बिनी मुख्यमन्त्रीमा चेतनारायण आचार्यले निरन्तरता पाउने
१४ साउन, काठमाडाैं। लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा चेतनारायण आचार्यले नै निरन्तरता पाउने भएका छन् । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि लुम्बिनीको मुख्यमन्त्री परिवर्तन हुने चर्चा चले पनि आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली, पार्टी उपाध्यक्ष विष्णु पौडेल,महासचिव शङ्कर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य तथा पूर्वमुख्यमन्त्री लीला गिरीबिच भक्तपुरको गुण्डुमा छलफल भएकाे थियाे । उक्त छलफलमा आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको हो।
प्रकाशित मिति : July 30, 2026 at 3:54 pm



