१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

निरन्तर घट्दै नेप्से, कारोबार रकममा पनि गिरावट

१४ साउन, काठमाडौं । साताको चौंथो कारोबारको दिन बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक १६.२९ अंकले घटेर २६७२.५८ विन्दुमा झरेको छ।

बिहिबार ५९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३३७ कम्पनीको ४४ हजार ६५१ पटकको कारोबारमा ३ अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँबराबरको ७५ लाख ४८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे १२ प्रतिशतभन्दा बढी घटेको छ। रिलायन्स स्पिनिङ्ग मिल्सको यस दिन सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको २४ करोड ३८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

प्रकाशित मिति : July 30, 2026 at 3:18 pm