सुनसरी घटनाको सत्यतथ्य छानबिन गरी वास्तविकता बाहिर ल्याइयोस्ः प्रचण्ड
१४ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्ज घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले त्यहाँ गोली चलाउनै पर्ने अवस्था थियो ? भन्दै प्रश्न गरे।

‘सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर दुखद घटनासम्म पुग्यो, यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ,’ उनले भने, ‘यो घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्योरु के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन ?’
उनले सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन ल्याउन माग गरे।
प्रकाशित मिति : July 30, 2026 at 1:56 pm



