प्रि ओपन सेसनमा करिब २८ अंकले घट्यो नेप्से
१४ साउन, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २८ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २७.७५ अंकले घटेर २६६१.१३ विन्दुमा झरेको छ।
बिहीबार प्रि ओपन सेसनमा ६१ स्टकको ७५ पटकको कारोबारमा २५ लाख ९३ हजार ३११ रुपैयाँबराबरको १६ हजार ४०४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : July 30, 2026 at 10:59 am



