१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

शिव शिखर सहकारीका थप ५६ बचतकर्ताले पाए रकम फिर्ता

१४ साउन, काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पीडितले बचत फिर्ता पाएका हुन्। हालसम्म शिव शिखर सहकारीका करिब १ हजार ४ सय बचतकर्ताले रकम फिर्ता पाएका छन् ।

dainiki.com

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : July 30, 2026 at 10:16 am