देवानगञ्ज घटनाका मृतक र घाइतेलाई प्रदेश सरकारले सहयोग गर्ने
१३ साउन, काठमाडाैं। सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राहत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

घाइते परिवारलाई जनही ५० हजारका दरले राहत दिने घोषणा गरेको सरकारले घर, पसल र अन्य आगजानी भएका परिवारलाई पनि ५० हजारका दरले राहत दिने घोषणा गरेको छ ।
प्रकाशित मिति : July 29, 2026 at 4:19 pm



