कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ
१३ साउन, काठमाडाैं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले शपथ लिएका छन् । मुख्यमन्त्री शाहीले बुधबार वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहकाबीच प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेतासमेत रहेका शाही मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रकाशित मिति : July 29, 2026 at 3:37 pm



