१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

निरन्तर तेस्रो दिन घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

१३ साउन, काठमाडाैं । बुधबार नेप्से परिसूचक घटेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। यस दिन नेप्से परिसूचक ७.७९ अंकले घटेर २६८८.८८ विन्दुमा झरेको छ।

बुधबार ७८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको घटेको छ । ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । यस दिन ३४३ कम्पनीकाे ४८ हजार पटकको कारोबारमा ४ अर्ब २ करोड ९४ लाख रुपैयाँबराबरको ९७ लाख ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन पनि एभरेष्ट कलरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन हिमालयन पावर पार्टनरकाे सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे २२ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : July 29, 2026 at 3:20 pm