रिज लाइन इनर्जीको ७१ हजार १०० कित्ता सेयरको लक इन अवधि भदौमा समाप्त हुँदै
१३ साउन, काठमाडाैं । रिज लाइन इनर्जी लिमिटेडकाे सामूहिक लगानी कोषको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको छ। कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै आगामी २०८३ भदौ १३ गते अवधि समाप्त हुने जनाएको हो।
कम्पनीका अनुसार, सर्वसाधारणका लागि निष्कासन गरिएको सेयरमध्ये सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत अर्थात् ७१ हजार १०० कित्ता सेयर हाल लक इनमा रहेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम बाँडफाँड भएको मितिले ६ महिनासम्म यस्तो सेयर बिक्री गर्न नपाइने व्यवस्था रहेको छ।
प्रकाशित मिति : July 29, 2026 at 3:12 pm



