१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

९ दलको सात बुँदे वक्तव्यः ‘राष्ट्रिय एकता र सामाजिक सद्भाव रक्षाका लागि एकताबद्ध छौँ’

१३ साउन, काठमाडाैं । सुनसरीमा विकसित घटनाक्रमबारे सबै राजनीतिक दलहरुले सामाजिक सद्भाव कायम र राष्ट्रिय एकताका लागि ऐक्यबद्धता जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै विकसित घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम गर्न ९ वटा दलका प्रमुख तथा प्रतिनिधिले सात बुँदे सामूहिक अपिल जारी गरेको छ।

बैठकपछि विज्ञप्ति निकाल्दै उत्पन्न परिस्थितिको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि आफूहरु दृढ संकल्पित रहेको बताएका छन् । ‘राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी उपस्थित सम्पूर्ण राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश प्रवाह गर्दै, उत्पन्न समस्याको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई हरसम्भव सहयोग गर्न हामी दृढ संकल्पित छौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

dainiki.com

संयुक्त अपिलमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भावलाई खल्बल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सबै नागरिकलाई आग्रह गरिएको छ। लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्याको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्र सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन आह्वान गरिएको छ।

अपिलमा रास्वपा सभापति लामिछाने, कांग्रेस सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत अध्यक्ष सिके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, जनता समाजवादी पार्टी जसपाका प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन्।

यस्ताे छ सर्वदलीय बैठकको संयुक्त वक्तव्य तथा अपिलः

प्रकाशित मिति : July 29, 2026 at 12:27 pm