१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026
http://kk5.io/NADA2026

सर्वदलीय बैठकमा गगन थापाले सोधेः यतिखेर सरकार के गर्दैछ, कहाँ छ ?

१३ साउन, काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको भूमिकाप्रति प्रश्न उठाएका छन्। सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा धारणा राख्दै सभापति थापाले सुनसरी घटनामा सरकारको उपस्थिति प्रभावकारी नदेखिएको भन्दै आलोचना गरे ।

dainiki.com

सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै थापाले सरकार केवल बन्दुकको गोली, लाठी वा सामाजिक सञ्जालको ‘स्टेटस’ मा मात्र सीमित हुन नहुने बताए । ‘एउटा प्रश्न रास्वपा सभापतिमार्फत् सरकारलाई राखेका छौं, यतिबेला सरकार के गरिरहेको छ? सरकार कहाँ छ? सरकार केबल गोली र लाठीमा मात्र भेटिनु र स्टाटसमा मात्र सीमित रहने? सरकार भनेको अभिभावक मात्र होइन लिडर पनि हो। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि सरकारलाई विश्वास गर्छन्,’ सभापति थापाले भने।

प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्ने उनको भनाइ छ। ‘यतिबेला त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बोलाउने हो । प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट्ने हो । प्रदेश र स्थानीय सरकारसँग संवाद गर्ने हो । सबैबाट साझा प्रयास गर्ने कुराको एउटा आधार तयार गर्ने हो’, उनले भने ।

प्रकाशित मिति : July 29, 2026 at 10:23 am