१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सिटिजन लाइफको सेवाहरू भोलिदेखि साउन १८ गतेसम्म बन्द हुने

१३ साउन, काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल प्रयोग गर्दै आएको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम–आईसोलुशन’ लाई परिमार्जन गर्ने भएको छ ।

कम्पनीले त्यसलाई परिमार्जन गरी ‘आईसोलुशन भर्सन नेक्स्ट’ मा प्रतिस्थापन गर्ने भएकोले साउन १४ गते बिहीबार बेलुकी ८ बजेदेखि साउन १८ गते सोमबार बिहान ८ बजेसम्म कारोबार र सेवाहरू बन्द हुने भएको हो ।

dainiki.com

कम्पनीका अनुसार केन्द्रीय कार्यालय सहित सम्पूर्ण शाखा/उपशाखा कार्यालयहरूबाट भौतिक रूपमा प्रवाह हुने बीमालेखसँग सम्बन्धित सेवाहरू, डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी, मोबाइल एप तथा ग्राहक एवं अभिकर्ता पोर्टल अवरुद्ध हुनेछ ।

कम्पनीले कारोबार अवरुद्ध हुने उक्त अवधिमा अन्तिम दिन परी बीमाशुल्क भुक्तानीमा बिलम्ब शुल्क लाग्ने भएका बीमालेखहरूको नवीकरण बीमाशुल्क साउन २० गते बुधबारसम्म कायम गरिने जनाएको छ ।

प्रकाशित मिति : July 29, 2026 at 9:46 am