कर्णाली मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
१२ साउन, काठमाडाैं । कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले दाबी पेस गरेका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले आफ्नो दाबी पेस गरेका हुन् ।

शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका ९ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ सहित २३ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका छन् ।
प्रकाशित मिति : July 28, 2026 at 5:50 pm



