४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

उद्योग मन्त्री यादवद्वारा ग्यास उद्योगको निरीक्षण

१२ साउन, काठमाडाैं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको निरीक्षण गरेकी छन्। उनले काभ्रेको नालामा रहेको सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको निरीक्षण गरेकी हुन्।

dainiki.com

उपभोक्ताहरूले ग्याँसको अत्याधिक अभाव भएको भन्दै गुनासो गरेपश्चात दुई वटा उद्योगको मन्त्री यादवले अवलोकन गरेकी हुन् । उद्योगीहरूले गत समयमा जस्तै अहिले पनि ग्यासको आपूर्ति सहज रुपमै आफूहरुले गरेको तर उपभोक्ताहरूले नै आफूलाई चाहिनेभन्दा बढी ग्यास खरिद गर्दा बजारमा ग्यास अभाव जस्तै देखिएको गुनासो समेत गरेका छन्।

मन्त्री यादवले ग्याँसको अभाव हुन नदिन व्यावसायिक प्रयोजनलाई भन्दा घरायसी प्रयोजनलाई प्रथामिकता राखि ग्याँसको बिक्री वितरण गर्न निर्देशन दिइन् ।

प्रकाशित मिति : July 28, 2026 at 3:33 pm