नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
१२ साउन, काठमाडाैं । साताको दोस्रो कारोबारकाे दिन मंगलबार नेप्से परिसूचक झिनाे अंकले घटेर बन्द भएको छ। सोमबार घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा झरेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३४२ कम्पनीकाे ५५ हजार ५८० पटकको कारोबारमा ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार रुपैयाँबराबरको १ करोड ४ लाख २१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेकाे छ। कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक ६.०७ प्रतिशत घटेको छ।
यस दिन सेन्ट्रल फाइनान्सकाे सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन २७ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : July 28, 2026 at 3:21 pm



