१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

एनआईसी एशिया बैंक र चन्द्रागिरी हिल्सले हकप्रद निष्कासन गर्ने, बोर्डसँग मागे अनुमति

१२ साउन, काठमाडाैं । एनआईसी एसिया बैंक लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । यी कम्पनीले हकप्रद सेयर निष्कासनकाे अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन् ।

एनआईसी एसिया बैंकले हाल कायम चुक्तापूँजीको ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डमा आवेदन दिएकाे हाे । बोर्डबाट  स्वीकृति प्राप्त भएमा बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । बैंककाे हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएएमबी एस क्यापिटल रहेकाे छ ।

dainiki.com

त्यस्तै, चन्द्रागिरी हिल्स लिमिटेडले हाल कायम चुक्तापुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको छ । बोर्डबाट  स्वीकृति प्राप्त भएमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६१ लाख ७ हजार ९५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित मिति : July 28, 2026 at 2:57 pm