१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकारबारे अर्थमन्त्रीको कटाक्ष

१२ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयहरूमा ठूलो संख्यामा सल्लाहकार राख्ने प्रवृत्तिप्रति कटाक्ष गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा रहेका सल्लाहकारहरूको संख्यालाई लिएर व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन् ।

dainiki.com

अर्थमन्त्री वाग्लेले राज्यको ढुकुटीमाथि व्ययभार थपिने गरी अनावश्यक सल्लाहकार नियुक्त गर्ने परिपाटीप्रति असन्तुष्टि व्यक्त गरे। उनले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको सन्दर्भ उल्लेख गर्दै आफूले भने केवल एकजना मात्र सल्लाहकार नियुक्त गरेको जानकारी दिए ।

‘तपाईंहरूले आजकल सुनिरहनुभएको छ- प्रधानमन्त्री कार्यालयमा २७ जना सल्लाहकार, ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार,’ अर्थमन्त्री वाग्लेले भने, ‘मैले १ जना मात्रै सल्लाहकार राखेको छु, अवैतनिक राजश्व सल्लाहकार। भनेपछि राजश्वको विषयलाई मैले कति महत्त्व दिएको छु।’

प्रकाशित मिति : July 28, 2026 at 1:47 pm