प्रोग्रेशिभ फाइनान्सको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
१२ साउन, काठमााडौं। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिसमक्ष आवेदन दिइसक्नु पर्नेछ । साथै, निर्धारित समयभित्र कुनै आवेदन प्राप्त नभएमा संस्थापक सेयरधनी बाहेकका व्यक्तिलाई उक्त सेयर बिक्री गरिने कम्पनीले स्पष्ट पारेको छ ।
प्रकाशित मिति : July 28, 2026 at 9:33 am



