११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

बचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन

११ साउन, काठमाडौं । सहकारी पीडितहरुले समान रुपमा वचत फिर्ता गर्न माग राखेर माईतीघरमा प्रदर्शन गरेका छन् । सहकारी पीडित वचतकर्ता महासंघको नेतृत्वमा सोमवार माईतीघरमा सहकारी पीडितहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी पीडितहरूले सरकारले साना र ठूला बचतकर्ताका नाममा पीडितहरूलाई विभाजन गर्न खोजेको आरोप लगाए। बचत रकमको आकारका आधारमा पीडितबीच फरक व्यवहार गर्न नहुने उनीहरूको माग छ। सरकारले साना र ठूला वचतकर्ता भनेर सहकारी पीडितलाई नै विभाजन ल्याउन खोजेको उनीहरूले आरोप रहेको छ ।

dainiki.com

प्रदर्शनमा सहभागीहरुले ‘पीडितलाई न्याय दिइयोस्, फुटाउने षड्यन्त्र नगरियोस्’, ‘सानो वचतकर्ता र ठूलो बचतकर्तालाई समान व्यवहार गरियोस्’, ‘पीडितलाई न्याय कहिलेसम्म ?’, ‘जग्गा मिलानका नाममा पीडित वचतकर्ताहरूलाई गर्ने ठगी बन्द गर’, ‘सहकारी पीडित वचतकर्ताहरूलाई न्याय देउ’, ‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारीदेऊ’, ‘सहकारी पीडित वचतकर्ता एक होऔं’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रकाशित मिति : July 27, 2026 at 4:35 pm