हिमालयन लाइफको निमित्त सिईओमा अमात्य नियुक्त
११ साउन, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा दिनेशबहादुर अमात्य नियुक्त भएका छन् । साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका अमात्यलाई निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।

साउन ११ गतेदेखि लागू हुने गरी अमात्यलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : July 27, 2026 at 4:11 pm



