३३ अंकले घट्यो सेयर बजार, ६ अर्ब ८ करोडको कारोबार
११ साउन, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सोमबार नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार नेप्से परिसूचक ३३.२८ अंक घटेर २७०१.३२ विन्दुमा झरेको छ। सोमबार ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने २३४ कम्पनीको घटेको छ । यसदिन ५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३६० कम्पनीकाे ६९ हजार ८०३ पटकको कारोबारमा ६ अर्ब ८ करोड ८ लाख ६३ हजार रुपैयाँबराबरको १ करोड ३९ लाख २५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
एभरेष्ट कलर लिमिटेडको सेयरमा यस दिन सकारात्मक सर्किट लागेकाे छ। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक १३.३८ प्रतिशत घटेको छ।यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सकाे सर्वाधिक काराेबार भएकाे छ । सो कम्पनीको यस दिन ३३ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : July 27, 2026 at 4:03 pm



