ओली–प्रचण्ड गठजोडमा गोकुलको टिप्पणीः अन्तिम भोज नै त यो हैन होला ?
११ साउन, काठमाडाैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले गरेको सत्ता गठबन्धनको सहमतिलाई विजय मल्लको नाटक अन्तिम भोजजस्तै भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले सत्ता गठबन्धनहरू सीमित नेताहरूको निर्णयमा बन्ने र भत्किने प्रवृत्तिमाथि कटाक्ष गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ता समीकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन् र भत्कन्छन्? ती सभाका केही सदस्य र खास नेता बाहेक अरूले सुइँकोसमेत नपाउने कुरा परम्परा नै बन्यो। हाँडी बोकेर स्वर्ग कि नर्क बतास झैँ बत्तिएका छन्। विजय मल्लको ‘अन्तिम भोज’ नै त यो होइन होला ? अचम्म लाग्छ।’

प्रकाशित मिति : July 27, 2026 at 12:12 pm



