४ कार्तिक २०८३, मंगलबार | Wed Oct 21 2026

ग्रामिण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल केसी चयन

११ साउन, काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन भएको छ। सञ्चालक समितिको साउन १० गते बसेको २३औँ बैठकले सञ्चालक डा. नहकुल के.सी.लाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो।

यसअघि संस्थाको असार १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट नवगठित सञ्चालक समिति गठन भएको थियो। नवगठित सञ्चालक समितिका सदस्यहरूलाई साउन १० गते सम्पन्न २३औँ बैठकमा नेपाल सरकार, अर्थ मन्त्रालयका प्रतिनिधि तथा सञ्चालक प्रेमराज पोखेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए।

dainiki.com

नवगठित सञ्चालक समितिमा अध्यक्षमा डा. नहकुल के.सी. रहेका छन्। त्यसैगरी नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट प्रेमराज पोखेल, नेपाल बैंक लिमिटेडको तर्फबाट सचिता पराजुली, लागत इन्भेष्टमेन्टको तर्फबाट माणिकरत्न शाक्य तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रमोद ज्ञवाली सञ्चालक रहेका छन्।

प्रकाशित मिति : July 27, 2026 at 11:45 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/