रिज लाइन इनर्जीको लक इन अवधि भदौमा समाप्त हुँदै
११ साउन, काठमाडाैं । रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको छ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र बाँडफाँड भएको मितिले ६ महिनाभित्र योजनाको निर्धारित समयावधि समाप्त हुने अवस्थामा लक इन अवधि समाप्त हुने व्यवस्था रहेको छ ।

उक्त व्यवस्थाअनुसार रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको नाममा रहेको उक्त सेयरको लक इन अवधि आगामी भदौमा समाप्त हुन लागेको हो। लक इन अवधि समाप्त भएसँगै उक्त सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ।
प्रकाशित मिति : July 27, 2026 at 10:32 am



