साउन १५ भित्र शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने
१० साउन, काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । सीडीएस एन्ड क्लियरिङले सार्वजनिक सूचना जारी गर्दै १५ गतेभित्र वार्षिक शुल्क नबुझाएका डिम्याट खाता १६ गतेदेखि रोक्का राख्ने व्यवस्था गरिएको स्पष्ट पारेको छ ।

हितग्राही खाताको वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भएको छ । डिम्याट खाता रोक्का भएमा सेयर कारोबार गर्न पाइँदैन । हरेक वर्ष डिम्याट खाता हुनेले १ सय रुपैयाँ र मेरो सेयरका लागि ५० रुपैयाँ शुल्क बुझाउनु पर्छ । हाल डिम्याट खाताको सङ्ख्या ८० लाख नाघेको छ भने मेरो सेयरमा सक्रिय खाता सङ्ख्या ५१ लाख बढी रहेको छ ।
प्रकाशित मिति : July 26, 2026 at 5:24 pm



