उन्नति सहकार्य लघुवित्तको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
१० साउन, काठमाडौं। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४ हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सूचना प्रकाशित भएको ३५ दिनभित्र रुपन्देहीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । साथै, तोकिएको अवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरूबाट कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ ।
प्रकाशित मिति : July 26, 2026 at 9:49 am



