१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

सिवाईसी नेपाल लघुवित्तले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव

१० साउन, काठमाडाैं। सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बाेलाएकाे छ । साउन ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी साउन ३० गते पोखरामा रहेको होटल दिपसागरमा बिहान ११ बजे सातौँ साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा अन्य कुनैपनि लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

dainiki.com

यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ साउन १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : July 26, 2026 at 9:12 am