एकैदिन १ हजार अंकले घटेर नेप्से १७१७.७९ बिन्दुमा
८ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार बजार बन्द भइसकेपछि प्राविधिक गडबडी देखिएको छ। कारोबार सम्पन्न भएपछि नेप्से परिसूचक एक्कासि १००८.९३ अंक (करिब ३७ प्रतिशत) ले घटेको देखिएपछि लगानीकर्तामा अन्योल सिर्जना भएको छ।
आजको कारोबारमा नेप्से परिसूचक ७.९० अंकले बढेर २७३४.६३ बिन्दुमा बन्द भएको थियो। तर, बजार बन्द भएको केही समयपछि नेप्सेको वेबसाइट तथा प्रणालीमा परिसूचक १७१७.७९ बिन्दुमा झरेको देखिएको छ ।

कारोबार सम्पन्न भइसकेपछि अचानक सूचकमा यस्तो ठूलो गिरावट देखिएपछि धेरै लगानीकर्ताले बजारमा कुनै असामान्य घटना भएको हुन सक्ने आशंका गर्न थालेका छन् । प्रारम्भिक रूपमा भने यो वास्तविक कारोबारको परिणाम नभई प्रणालीमा आएको प्राविधिक समस्याका कारण भएको अनुमान गरिएको छ ।
कारोबार सम्पन्न भइसकेपछि अचानक सूचकमा ठूलो गिरावट देखिएपछि लगानीकर्ताले समाजिक सञ्जालमा व्यङ्ग्य गर्न थालेका छन् । यो वास्तविक कारोबारको परिणाम नभई प्रणालीमा आएको प्राविधिक समस्याका कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रकाशित मिति : July 24, 2026 at 4:32 pm



