नेपाल पुनर्बीमा कम्पनी ५ अर्ब ८४ करोड घाटामा, प्रतिसेयर आम्दानी ऋणात्मक
८ साउन, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार गत आर्थिक वर्षको सोही अवधिमा खुद नाफामा रहेको कम्पनी समीक्षा अवधिसम्म आइपुग्दा रु ५ अर्ब ८४ करोड २ लाख घाटामा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले रु ५४ करोड ८२ लाख खुद नाफा आर्जन गरेको थियो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ५४ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी गत आवको तेस्रो त्रैमाससम्म आईपुग्दा भने ५ अर्ब ८४ करोडको खुद नोक्सानी व्यहोर्न पुगेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २ अर्ब १४ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको नौ महिनासम्म ७ अर्ब ७८ करोड ८५ लाख रुपैयाँको कुल खर्च गरेको कम्पनीले गत आवको सोही अवधिमा भने १२ अर्ब ५२ करोड १९ लाख रुपैयाँ कुल खर्च गरेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको कुल आम्दानी ६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ छ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको कुल आम्दानी ८ अर्ब ५७ करोड १७ लाख रुपैयाँ थियो ।
अघिल्लो आर्थिक वर्षको नौ महिनामा ५ अर्ब १७ करोड रुपैयाँ रहेको कम्पनीको खुद दाबी भुक्तानी खर्च गत आवको सोही अवधिमा आईपुग्दा भने १० अर्ब ८३ करोड ४५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको नौ महिनासम्ममा ७ अर्ब ११ करोड रुपैयाँ रहेको कम्पनीको खुद बिमाशुल्क गत आवको साेही अवधिमा घटेर ५ अर्ब ८३ करोड रुपैयाँमा सीमित भएको छ । समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ५१ पैसाले ऋणात्मक छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १०९.२० रुपैयाँ छ ।
प्रकाशित मिति : July 24, 2026 at 1:54 pm



