२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

आईसीसी टी-२० महिला विश्वकप एसिया छनोटमा आज नेपाल र चीनबिच प्रतिस्पर्धा हुँदै

१३ फागुन, काठमाडौँ । आईसीसी टी-२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोटमा आज नेपाल र चीनबिच प्रतिस्पर्धा हुँदैछ ।थाइल्यान्डको बैंककमा हुने खेलमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

चीन अंक तालिकाको तेस्रो स्थानमा छ भने नेपाल चौथो स्थानमा छ । चीनले ५ खेलबाट ३ खेलमा जित र २ खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ । नेपालको पनि ४ खेलबाट ३ खेलम जित र १ खेलमा हार ब्यहोर्दै ६ अंक नै छ । अंक तालिकाको शीर्ष स्थानमा आयोजक थाइल्यान्ड रहँदा दोस्रो स्थानमा भने यूएई रहेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा थाइल्यान्डसँग ५७ रनले पराजित हुँदा तेस्रो खेलमा भने नेपालले यूएईलाई सात विकेटले पराजित गर्न सफल भएको थियो । त्यस्तै, चौथो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार ०७:४३