७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

७ साउन, काठमाडाैं । साताकाे चाैथाे काराेबारकाे दिन बिहीबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ विन्दुमा पुगेको छ। आज १५३ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

यस दिन ३३८ कम्पनीकाे ५७ हजार ७८२ पटकको कारोबारमा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेकाे छ । कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ। यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन २८ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : July 23, 2026 at 3:22 pm