७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७ औं वार्षिकोत्सव सम्पन्न

७ साउन, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच बुधबार सम्पन्न भएको छ । राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले एक समारोहका बीच ३७ औं वार्षिकोत्सब मूल कार्यक्रमको समुदघाटन गरे ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष रबिन्द्र प्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कर्मचारीहरुको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनलाई सम्बोधन गर्न र सेवा प्रवाहलाई सरल र सहज बनाउन आम कर्मचारीलाई आवहान गरे।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालको राष्ट्रिय समितिका अध्यक्ष धर्मराज मैनाली, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका सल्लाहाकार समितिका सभापति तथा पुर्व अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष सुदिन के.सि, नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय वाणिज्य बैंकका कार्यवाहक अध्यक्ष चुडामणि गुप्ताले शुभकामना मन्तब्य ब्यक्त गरे।

कार्यक्रममा पेसागत हकहित, सस्थाको सम्वर्द्धन तथा सेवा प्रवाहलाई सहज र सरल बनाउने बिषयहरु उठान गरिएको थियो । संघका विभिन्न प्रदेश समितिहरुमा समेत विविध कार्यक्रम गरी वार्षिकोत्सव कार्यक्रम मनाइएको छ । गत साउन १ गते आयोजित रक्तदान कार्यक्रममा ७० जना कर्मचारीहरुले रक्तदान गरे र स्वास्थ्य शिविर तथा आंखा कान चेपहप कार्यक्रममा ३०० जना कर्मचारीहरुले सेवा लिएका थिए ।

कार्यक्रममा लुम्बिनी प्रादेशिक समितिलाई कार्यसम्पादन मुल्याङ्कनमा उष्कृष्ठ भए वापत रनिङ्गशिल्ड प्रदान गरिएको थियो । वार्षिकोत्सवको अवसरमा संघले संस्थाको संवद्र्धन र पेशागत हकहितका लागि ट्रेड युनियनको भूमिका विषयमा कर्मचारीहरु बीचमा निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । निबन्ध प्रतियोगितामा रमेश खड्का प्रथम, जानुका कुमारी न्यौपाने द्वितीय र लक्ष्मण पौडेल तृतीय भएका थिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु, विभिन्न प्रतिष्ठानस्तरका ट्रेड यूनियनका अध्यक्षहरु, बैंकका प्रमुख कार्यकारी अधिकृतहरुनायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरुहरु, विभागीय प्रमुखहरु, उप्रमुखहरु, शाखा प्रबन्धकहरु, संघका पदाधिकारीहरु लगायत कर्मचारीहरुको भव्य उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : July 23, 2026 at 12:22 pm