७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा गिरावट, निष्कृय कर्जा शून्य नजिक

७ साउन, काठमाडाैं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत असार मसान्तसम्ममा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब २३ करोड ४० लाख तुलनामा १९.९८ प्रतिशतको गिरावट हो।

बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.८९ प्रतिशतले कम हो ।

dainiki.com

त्यस्तै, खुद सञ्चालन आम्दानी पनि घटेर १ अर्ब ७१ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २ अर्ब १० करोड ५३ लाख रुपैयाँ रहेको थियो। बैंकको सञ्चालन नाफा पनि १९.७९ प्रतिशतले घटेर १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा सीमित बनेको छ। यस्तै बैंकको निष्क्रिय कर्जा(एनपील) शुन्य प्रतिशत रहेको छ भने रिर्टन अन इक्विटी ३.८७ प्रतिशत र कस्ट अफ फण्ड ६.४६ प्रतिशत रहेको छ ।

बैंकको निक्षेप ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँबाट बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ३१ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४.५७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५३.७३ रुपैयाँ र तरलता अनुपात ८३.४७ गुणा कायम भएको छ ।

प्रकाशित मिति : July 23, 2026 at 9:46 am