६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय

६ साउन, काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री पोखरेलका अनुसार आर्थिक ऐनको व्यवस्था बमोजिम ‘शिक्षा समता शुल्क’ र ‘स्वास्थ्य समता शुल्क’ अबदेखि पूर्ण रूपमा मिनाहा हुनेछ ।

प्रकाशित मिति : July 22, 2026 at 4:22 pm