८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

युनाइटेड मोदी हाइड्रोपावरको सीईओमा मनिष पाण्डे नियुक्त

६ साउन, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनिष पाण्डे नियुक्त भएका छन्। कम्पनीको साउन ५ गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई कम्पनीको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

dainiki.com

कम्पनीका अनुसार हाल प्रबन्ध सञ्चालक पद रिक्त रहेको अवस्थामा युनाइटेड मोदी हाइड्रोपावरको नियमावलीको नियम ३६ बमोजिम पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो।

प्रकाशित मिति : July 22, 2026 at 1:37 pm